डेनमार्कबिरुद्ध इंग्ल्यान्डलाई पेनाल्टी दिने रेफ्रीको चर्को आलोचना

फुटबल युरो कप

एजेन्सी । डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको छ । सन् १९६६ मा भएको विश्वकपको फाइनल खेलेपछि इंग्लिस फुटबल टिम मुख्य प्रतियोगितामा लगातार चुक्दै आएको थियो।

तर इङ्ल्याण्ड र डेनमार्कबिचको खेलमा रेफ्रीको गलत निर्णयको सिकार डेनमार्क हुन पुग्यो । खेल अवधि भर शानदार प्रदर्शन गरेपनि रेफ्रीको कारण डेनमार्क हार्न पुगेको भन्दै संसार भर यतिबेला रेफ्रीको चर्को आलोचना भईरहेको छ ।

खेल १/१ को बराबरी रहेको अवस्थामा १०४ मिनेटमा डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। रेफ्रिले भिएआरको मद्दतमा इङ्ल्याण्डलाई पेनाल्टीको अवसर दिएका थिए ।

पेनाल्टी इंग्ल्यान्डका कप्तान ह्यारी केनले प्रहार गरेका थिए। उनको प्रहारलाई डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलले अघि बढाएका थिए। तर साधारण फलमा पेनाल्टी दिएको भन्दै यतिबेला रेफ्रीको आलोचना भईरहेको छ ।

त्यसअघि खेलको ३० मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो। युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा पुग्यो । इङ्ल्याण्डका बुकायो साकाको क्रस रोक्ने क्रममा केजारले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
1
+1
2
+1
1