सर्जियो रामोस दुई वर्षको लागि पिएसजीमा आवद्ध

फुटबल

काठमाडौं, असार २४ : स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पिएसजीमा आवद्ध भएका छन्। बिहीबार पीएसजीले रामोसलाई अनुबन्धित गरिएको जनाएको छ ।

रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । पिएसजीसँग सम्झौता गरेपछि रामोसले खुसी व्यक्त गर्दै आफ्नो जीवनमा ठूलो परिवर्तनसँगै नयाँ चुनौती ‍थपिएको बताएका छन्। क्लबका अनुसार ३५ वर्षिय लिजेण्डरी स्पेनिस रामोसले पीएसजीबाट जर्सि नम्बर चार लगाएर खेल्नेछन् ।

सन् २००५ मा सेभियाबाट रियल पुगेका ३५ वर्षीय सेन्टर ब्याक रामोसले जुनको अन्त्यमा रियल छाडेका थिए । रियलका लागि ६७१ खेल खेलेका रामोसले १०१ गोल समेत गरेका थिए । जहाँ उनले ५ पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जिते ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged