‘द हन्ड्रेड’ खेल्न आज बेलायत जाँदै सन्दीप, १० दिन क्वारेन्टाइन बस्नुपर्ने

क्रिकेट

काठमाडौं, असार २४ : ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेटर सन्दीप लामिछाने आज (बिहीबार) राति इंग्ल्यान्ड जाने भएका छन् । उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

इंग्ल्यान्ड पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन्।

सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको दी हन्ड्रेड क्रिकेट खेल्नेछन् । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *