ईपीएल असोज ९ गतेदेखि सुरु हुने, आईसीसीको पायो मान्यता

क्रिकेट

काठमाडौं, असार २४ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटलाई मान्यता दिएको छ । बिहीबार ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरले बिहीबार एक विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगितालाई आईसीसीले मान्यता दिएको जनाएको छ ।

ईपीएल सम्भवत नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता हुने अख्तरको दाबी छ । चौथो संस्करणका लागि विश्वका ठूला हस्तीहरूलाई पनि नेपाल भित्र्याउने आयोजकको योजना छ । प्रतियोगिता विश्वभरबाट प्रत्यक्ष हेर्न सकिने सीईओ अख्तरले जानकारी दिए ।

प्रतियोगिता असोज ९ देखि २३ सम्म (सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म) टियु क्रिकेट मैदान काठमाडौंमा हुने छ । प्रतियोगितामा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स गरी ६ टीमले सहभागिता जनाउनेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0