इङ्लिश समर्थकले डेनमार्कका गोलकिपरको अनुहारमा लेजर लाइट देखाइएपछि…

फुटबल

काठमाडौं, असार २४ : युरो २०२० अन्तर्गत इंग्ल्याण्ड र डेनमार्कबीचको खेलमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलको अनुहारमा लेजर लाइट देखाइएको घटनाको विषयमा युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले इंग्ल्यान्डमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

टेलिभिजन दृश्यबाट लिइएको तस्बिरमा उनको अनुहारमा हरियो बत्तीको प्रकाश देख्न सकिन्छ। गोलकिपर कास्पर सेमिचेलको मुखमा लेजरले निशाना बनाएर अलमलाउने प्रयास गरिएको थियो । इंग्ल्यान्ड फरवार्ड ह्यारी केनले थप भएको समयमा पेनाल्टी लिइरहँदा यो घटना भएको हो। अनुहारमा लेजर लाइटको बाबजुत कास्परले केनले हानेको पेनाल्टी रोक्न सफल भएका थिए, यद्यपी किपरले रोकेर आफूतर्फ आएको बललाई केनले गोल पोष्टमा छिराउदै इङल्याण्डका लागि निर्णायक गोल गरेका थिए ।

यस्तै डेनमार्कले राष्ट्रिय गान गाएको बेला समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेको विषयमा समेत यूईएफएले इंग्ल्याण्डमाथि छानबिन सुरु गरेको छ । युइएफएले यस विषयमा कन्ट्रोल, एथिक्स र डिसिपिलनारी बडीले अनुसन्धान गर्ने जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
8
+1
4
+1
0
+1
3
+1
6

Leave a Reply

Your email address will not be published. Required fields are marked *