बिवादमा डेनमार्क र इङ्ल्याण्डबिचको सेमिफाईनल खेल ! मैदानमा दुईवटा बल देखि ‘लेजर लाईट’सम्म…

फुटबल युरो कप

काठमाडौं । इङ्ल्याण्ड भर्सेज डेनमार्कबिचको युरोकपको निकै रोमाञ्चक सेमिफाईनल खेल चलिरहेको थियो । निर्धारित ९० मिनेट र त्यसपछि थपिएको १४ मिनेटसम्म खेल १/१ गोलको बराबरीमा थियो । तर खेलक १०४औँ मिनेटमा इङ्ल्याण्डले पेनल्टी हान्ने अवसर पायो । डेनमार्कका जोकिम मेहेलले रहिम स्टर्लिङलाई डिबक्स भित्र फल गरेपछि रेफ्रिले भिएआरको मद्दतमा इङ्ल्याण्डलाई पेनाल्टीको अवसर दिए। यद्यपि कतिपयले अझै पनि उक्त पेनाल्टी दिनै रेफ्रीको निर्णय ठिक नभएको बताउछन् । पेनाल्टी प्रहार गर्न आए इङ्ल्याण्डका कप्तान ह्यारी केन । केनको पोनाल्टी बचाउन डेनमार्कका गोलरक्षक कास्पर स्माइकल पनि तयार देखिन्थे ।

तर ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई लक्षित गरेर दर्शकबाट कास्परको अनुहारमा पर्ने गरी ‘लेजर लाइट’ को प्रयोग गरियो । गोलकिपरले बल देख्न कठिन होस् भनेर दर्शकले यस्तो शर्मनाक हर्कत गरेका थिए । आँखामा ‘लेजर लाइट’ को प्रयोग गरेपनि केनको पेनाल्टी प्रहारलाई डेनिस गोलरक्षक कास्पर स्माइकलले उत्कृष्ट डाइफ हान्दै बचाए पनि रिबाउन्ड बललाई पुन: केनले सहजै जाली चुमाए। जसको कारण शानदार प्रदर्शन गरेपनि डेनमार्कले खेल गुमाउनु पर्यो ।

यता खेल सकिएको केहि क्षणमा बिश्वभरी टेलिभिजन हेर्न दर्शकले डेनमार्कका गोलकिपर कास्परको अनुहारमा पर्ने गरी ‘लेजर लाइट’ प्रयोग भएको भन्दै चर्को आलोचना गरे ।उनिहरुले इङ्ल्याण्डले चिटिङ गरेको भन्दै डेनमार्कलाई फाईनल खेलाउन माग समेत गरे । त्यस्तै रहिम स्टर्लिङमाथि फल हुदाँ मैदानमा दुईवटा बल समेत देखिएको थियो । उता युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड र डेनमार्कबीचको खेलमा खेल भावना विपरीत गतिविधि भएको भन्दै छानबिन सुरु गरेको छ ।

यस्तै डेनमार्कको राष्ट्रिय गानका क्रममा इङ्ल्याण्डका समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र अतिशबाजी गरेको विषयमा समेत यूईएफएले इंग्ल्याण्डमाथि छानबिन सुरु गरेको छ । युइएफएले यस विषयमा कन्ट्रोल, एथिक्स र डिसिपिलनारी बडीले अनुसन्धान गर्ने जनाएको छ । उता सेमिफाईनलमा चिटिङ गर्दै ईङ्ल्याण्डले डेनमार्कलाई हराएको भन्दै डेनमार्कलाई फाईनल खेलाउने फ्यानहरुले माग गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
5
+1
4
+1
6
+1
14
+1
4
+1
7