एएफसी यु-२३ छनोटमा नेपाल इरान र ताजिकिस्तानसँगै कठिन समूह ‘बी’मा

फुटबल

काठमाडौं, असार २५ : एएफसी यु-२३ छनोटमा नेपालले लेबनान, इरान र ताजिकिस्तानसँग खेल्ने भएको छ। एएफसीले आज शुक्रवार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले ४२ टिमलाई शुक्रबार ११ समूहमा विभाजन गरेको हो। ११ सूमहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२३ प्रतियोगितामा छनोट हुनेछन्। नेपाल सम्मिलित समूहको खेल ताजकिस्तानमा हुनेछ। नेपालले पाँचौ पटक यु-२३ छनोट खेल्न लागेको हो। यसअघिका चार छनोटमा नेपाल असफल भएको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0