राखेप र ट्रमा सेन्टरबीच खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता

अन्य खेल समाचार

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचारका सम्बन्धमा सम्झौता भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार खेलाडीका लागि इमर्जेन्सी सेवासहित, रक्तसञ्चार, शल्यक्रिया, अर्थोपेडिक तथा हाडजोर्नी, फिजियोथेरापीलगायत ट्रमा सेन्टरबाट उपलब्ध हुने सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

सेन्टरमा उपलब्ध नभएका सेवा तथा औषधी, औषधीजन्य सामग्री र शल्यक्रियाजन्य सामग्री तत्कालका लागि विरामी स्वयंले व्यवस्था गर्नु/गराउनु पर्ने तथा त्यसरी प्रयोग भएका सेवा र सामग्रीहरुको भुक्तानी सेन्टरको सिफारिसका आधारमा विरामीले राखेपसंग सोधभर्नाका लागि पेश गर्न सक्ने छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0