कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिनालाई ५-० ले हराउने ब्राजिलका राष्ट्रपतिको दाबी

कोपा अमेरिका फुटबल

काठमाडौं : ब्राजिलमा जारी ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा आइतबार बिहान अर्जेन्टिना र ब्राजिल भिड्दैछन्। फिफा वरियतामा अर्जेन्टिना ८ नम्बरमा रहेको छ भने ब्राजिल तेस्रो स्थानमा छ। खेल रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा नेपाली समयय अनुसार भोली (शनिबार) बिहान ५ : ४५ बजे सुरु हुनेछ।

दुवै टोलि समूहचरणबाट अपराजित रहँदै फाइनलमा पुगेका हुन। सेमिफाइनलमा ब्राजिलले पेरुलाई १ – ० गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको थियो। यस्तै अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३ – २ गोलले हराएर फाइनल प्रवेश गरेको हो।

दुवै टिममा विश्वका चर्चित क्लबहरुबाट फुटबल खेल्ने स्टार खेलाडीको बर्चस्व रहेकोले पनि खेल रोमान्चक हुने अनुमान गरिएको छ। ब्राजिलविरुद्ध अर्जेन्टिना खेल्न लाग्दा निमारविरुद्ध मेस्सीले खेल्न लागेको जस्तो हुनलागेको छ ।

यसैबिच ब्राजिलका राष्ट्रपतिले भने अर्जेन्टिनामाथि शानदार जित निकाल्दै आयोजक राष्ट्रले उपाधि घरमै राख्ने बताएका छन् । दक्षिण अमेरिकी नेताहरूको भेटमा बोल्सोनारोले अर्जेन्टिनी समकक्षी अल्बर्टो फर्नान्डेजलाई जिस्क्याउँदै ब्राजिल ५-० ले विजयी हुने बताएका हुन् ।

‘फुटबलमा प्रतिद्वन्द्वी टिम ब्राजिल र अर्जेन्टिनाको भिडन्त आइतबार माराकनामा हुँदैछ । जसमा ब्राजिल ५–० गोलले विजयी हुनेछ’, उनले एक कार्यक्रममा भनेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *