कोपा अमेरिका : पेरुलाई ३-२ ले हराउँदै कोलम्बिया तेस्रो

कोपा अमेरिका फुटबल

काठमाडौं : कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै कोलम्बिया तेस्रो बनेको छ । ब्राजिलको राजधानी ब्राजिलियास्थित ‘नेशनल स्टेडियम’मा शनिबार बिहान भएको खेलमा पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो।

खेलको ४५ औं मिनेटमा योसिमर योटूनको गोलमा पेरुले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको कोलम्बियाका लागि जुआन कुआड्राडोले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे । निर्धारित ९० मिनेटको खेलसम्म दुवै टोलीले २-२ गोलको बराबरी खेल्दा खेलमा ३ मिनेटको इन्जुरी समय थप गरिएको थियो। सो दौरान कोलम्बियाले निर्णायक गोल गर्न सफल भयो।

इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए । यसअघि सेमिफाइनलमा कोलम्विया अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो भने पेरु ब्राजिलसँग पराजित भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *