जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा, उपाधिका लागि बेरेटिनी भिड्ने

टेनिस

काठमाडौं : डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच फाइनल प्रवेश गरेका हुन् ।

३४ वर्षे जोकोभिचले डेनिसलाई ७–६, ७–५ र ७–५ को सेटमा पराजित गरेका हुन् । २० औं ग्राण्डस्लाम उपाधि नजिक रहेका जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन् । पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।

यसैबीच विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि एस लिघ बार्टी र क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ । शीर्ष वरियताकी अष्ट्रेलियन खेलाडी बार्टी र चेक रिपब्लिककी आठौं वरियताकी प्लिस्कोभा बीच प्रतिस्पर्धा हुन लागेको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0