कोपा अमेरिका फाईनल ! भोलि ब्राजिल र अर्जेन्टिनाबिच महा-भिडन्त, कसले मार्ला बाजी ?

कोपा अमेरिका फुटबल

काठमाडौं : कोपा अमेरिका फुटबलको फाइनल खेलमा आइतबार ब्राजिल र अर्जेन्टिना आमने–सामने हुँदै छन् । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भोलि बिहान पौने ६ बजे हुने यो खेललाई महाभिडन्तको संज्ञा दिइएको छ ।

देशका लागि उपाधिको भोकसँगै यसपटकको कोपा अमेरिकाको फाइनल दुई स्टार फुटबलर लियोनेल मेस्सी र नेइमारबीच हुने प्रतिस्पर्धाका रुपमा पनि चर्चित छ । सामाजिक सञ्जालमा त मेस्सी भर्सेस नेइमारकै रुपमा यस खेललाई चित्रण गरिएको छ ।

विश्व फुटबलमा लामो समयदेखि राज गरिरहेका मेस्सीले देशका लागि चौथोपटक ठूलो प्रतियोगिताको फाइनल खेल खेल्दै छन् । योभन्दा पहिला उनले एक विश्वकप र दुई कोपा अमेरिकाको फाइनल खेल खेलिसकेका छन् । त्यसैले पनि मेस्सीका लागि यो उपाधि महत्वपूर्ण रहेको छ ।

ब्राजिलले जति पटक कोपा अमेरिकाको आयोजना गरेको छ त्यति नै पटक च्याम्पियन बनेको छ । यो छैटौँ पटक हो ब्राजिलले प्रतियोगिता आयोजना गरेको र ऊ फाइनलमा पनि पुगेको छ ।

कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन । कोपा अमेरिकाको पछिल्ला भिडन्तमा अर्जेन्टिनामाथि ब्राजिल हाबी हुँदै आएको देखिन्छ । दक्षिण अमेरिकी फुटबलको मुख्य प्रतियोगिताको पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनालाई हराएको ईतिहास छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0