ब्राजिल भर्सेज अर्जेन्टिना ! ‘हेड टु हेड’मा ब्राजिलसामु कमजोर अर्जेन्टिना

कोपा अमेरिका फुटबल

काठमाडौं : दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र बिच कोपा अमेरिका कप फुटबल उपाधिका लागि भोलि बिहान भिडन्त हुदैछ । कुनै उपाधिको प्रतिस्पर्धामा पहिलो पटक मेस्सी र नेयमार आमनेसामने हुन लागेका हुन् । ऐतिहासिक माराकाना स्टेडियममा आइतवार बिहान उपाधिका लागि खेल हुँदैछ ।

विश्व फुटबलका दुइ चर्चीत र लोकप्रीय अर्जेन्टिना मेस्सीका लिओनल मेसी र ब्राजिलका नेयमारचिको प्रतिस्पर्धामा कसले बाजी मार्छ त्यो त फाइनल खेलबाटै टुंगो लाग्ने छ । दुवै खेलाडीले कोपा अमेरिकामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । नेयमारले दुई गोल र तीन गोलको अवसर सिर्जना गरिरहेका छन् भने मेस्सीले चार गोल र चार गोलको अवसर सिर्जना गरेका छन् ।

हेड टु हेड

फिफाका अनुसार अन्तर्राष्ट्रिय खेलका लागि यी दुई टोली १०५ पटक आमनेसामने भएका छन् । जसमा ४१ पटक ब्राजिलले जित हात पारेको तथा ३८ पटक अर्जेन्टिनाले बाजी मारेको थियो । यी दुई टोलीको २६ खेल भने बराबरीमा सकिएको छ ।

कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन । कोपा अमेरिकाको पछिल्ला भिडन्तमा अर्जेन्टिनामाथि ब्राजिल हाबी हुँदै आएको देखिन्छ । दक्षिण अमेरिकी फुटबलको मुख्य प्रतियोगिताको पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनालाई हराएको ईतिहास छ । सन् २०१९ को सेमिफाइनल, सन् २ हजार ४ र सातकोे फाइनल, १९ सय ९९ र ९५को क्वार्टरफाईनलमा ब्राजिल विजयी भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0