फाईनल अगाडि नेमारले भने : ‘अर्जेन्टिनालाई हराउँदै मेरो जिवनको पहिलो कोपा अमेरिका जित्न चाहन्छु’

कोपा अमेरिका फुटबल

काठमाडौं : नेपाली समयअनुसार भोलि आइतबार बिहान ५ बजेर ४५ मिनेटमा कोपा अमेरिकामा अर्जेन्टिना र ब्राजिलबीच उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् । कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० को जित हाँसिल गर्दै ब्राजिल फाइनलमा पुगेको हो । अर्जेन्टिनाले दोस्रो सेमिफाइनलमा कोलम्बियामाथि पेनाल्टी सुट आउटमार्फत जित निकाल्दै ब्राजिलसँग उपाधि भिडन्त पक्का गरेको थियो ।

यसबीचमा यस बहुप्रतिक्षित खेल अगाडि ब्राजिलका स्टार नेमार जुनियरले अर्जेन्टिनाका लियोनल मेस्सीलाई चुनौती दिँदै सन्देश पठाएका छन्। नेमारले मेस्सी आफ्नो घनिष्ठ मित्र भएको बताएका छन्। उनले मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको पनि स्वीकारेका छन्।

द मिररसँग नेमारले भनेका छन्, ‘मेस्सी मैले देखेको सबैभन्दा राम्रा खेलाडी हुन् र उनी मेरा एक महान साथी पनि हुन्, तर अब हामी फाइनलमा छौं, हामी प्रतिद्वन्द्वी हौं । म मेरो जीवनकै पहिलो कोपा अमेरिका जित्न चाहन्छु ।’

‘मेस्सीले कयौं वर्षदेखि राष्ट्रिय टिमबाट पहिलो उपाधि प्रतिक्षा गरिरहेका छन् । जब हामी प्रतिस्पर्धामा थिएनौं मैले उसलाई समर्थन जनाए । सन् २०१४ को विश्वकपमा पनि म मेस्सीको साथमा थिए’ उनले भने, ‘तर अहिले हामीबीच जस्तो सम्बन्ध र सम्मान भएता पनि उपाधि एक जनाले मात्र जित्छ ।’

‘जब तपाईं कसैसँग साथी बन्नुहुन्छ त्यो भुल्न गाह्रो हुन्छ तर जब हामी भिडिओगेम खेल्छौं हामी जित्न नै चाहन्छौं । आइतबार पनि त्यसै हुनेछ’ उनले भने ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
1
+1
9
+1
2
+1
0
+1
1
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *