‘लेजर लाइट’ प्रकरण : इंग्ल्याण्ड फुटबललाई ३० हजार युरो जरिवाना

फुटबल युरो कप

काठमाडौं : यूरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्याण्ड फुटबल एसोसिएसनलाई ३० हजार यूरो जरिवाना गरेको छ । यूरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युईएफएले उक्त जरिवान तिराएकाे हाे।

खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नु अघि कास्परको अनुहारमा ‘लेजर लाइट’ परेको थियो । टेलिभिजनका दृश्यमा इंग्ल्यान्डका कप्तान केनले पेनाल्टी प्रहार गर्नुभन्दा ठिक अगाडि डेनमार्कका गोलरक्षक स्माइकलको अनुहारमा हरियो बत्ती देखिएको थियो।

केनको पेनाल्टी कास्परले रोकेका थिए । तर, रिबाउन्टमा केनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए । यस्तै राष्ट्रिय गानको दौरान समर्थकले होहल्ला गर्दै अशान्ति फैलाएको र समर्थकले अतिशबाजी गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
1