२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जित्यो

कोपा अमेरिका फुटबल

काठमाडौं, असार २७ : ब्राजिललाई पराजित गर्दै कोपा अमेरिका-२०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। माराकाना स्टेडियममा आइतबार बिहान सम्पन्न फाइनलमा घरेलु टोली ब्राजिलमाथि १-०को कठिन जित निकाल्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

अर्जेन्टिनालाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । डी मारियाले डे पाउलको पासमा गोल गरेका हुन् ।

सन् १९९३ को कोपा अमेरिकाको उपाधि हात पारेयता अर्जेन्टिनाले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । त्यसयता उसले ४ कोपा अमेरिका र १ फिफा विश्वकप फाइनल खेले पनि उपाधि हात पार्न भने सकेको थिएन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0