मेस्सी बने कोपा अमेरिकाको उत्कृष्ट खेलाडी

कोपा अमेरिका फुटबल

एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १-० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो ।

प्रतियोगितामा अजेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले प्रतियोगिताको यो संस्करणमा चार गोलसहित पाँच असिस्ट पनि गरेका थिए ।

लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जितेका हुन् । यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।त्यसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रमुख प्रतियोगिता मानिँदैन ।

मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकामा अर्जेन्टिनाले फाइनल यात्रा गरेको थियो । तर उपाधि जित्न असफल रह्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged