१५ तस्बिरमा हेर्नुस २८ बर्षपछि अर्जेन्टिनाको पहिलो अन्तर्राष्ट्रिय उपाधी ( फोटो फिचर )

कोपा अमेरिका फुटबल फोटो

काठमाडौं : कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान माराकाना स्टेडियममा सम्पन्न फाइनल खेलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिना उपाधि विहिन थियो । त्यस्तै, कप्तान लियोनल मेसीले देशबाट जितेको यो पहिलो प्रमुख उपाधि हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्यो । अर्जेन्टिनालाई उपाधि दिलाउनको लागि विंगर एन्जल डी मारियाले गोल गरे । उनले खेलेको २२ मिनेटमा रोड्रीगो डे पलले दिएको लामो पासमा गोल गरेका थिए ।

मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन्। मेसीले २००७, २०१५ र २०१६ को कोपा फाइनल र सन् २०१४ को विश्वकपको फाइनल खेलेका थिए।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0