माउन्टेन ड्यूद्वारा ‘पब्जी’ सँग हातेमालो

अनलाइन गेम

काठमाडौं, ८ असोज । ‘माउन्टेन ड्यू’ले विश्वमै सबैभन्दा लोकप्रिय रहेको मोबाइल खेल ‘पब्जी मोबाइल’सँग साझेदारी गर्ने घोषणा गरेको छ । माउण्टेन ड्यूले ‘पब्जी मोबाइल’सँग साझेदारी गरेसँगै स्पोर्ट्सका पेशेवर खेलाडीहरु र प्रशंसकहरुमाझ गेमिङ्ग उद्योगमा नवीनता र उत्साह जागृत गर्नको लागि अर्को एक महत्वपूर्ण चरणको संकेत गरेको जनाएको छ ।

त्यस्तै, ‘पब्जी मोबाइल’का साथै माउण्टेन ड्यूले स्पोर्ट्स् समुदायलाई च्याम्पियन बनाउन र खेलाडीहरुलाई अद्भूत एवं उत्साहजनक क्रियाकलापहरुसम्म अझ बढी पहुँच पु¥याउन कटिबद्ध रहेको जनाएको छ । माउन्टेन ड्यूद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘गतिशील कार्यक्रमको एक हिस्सा स्वरुप विश्वभरका खेलाडीहरुले केही सीमित समयको लागि खेलको नयाँ नक्साभरी उपलब्ध इन–गेम माउण्टेन ड्यू प्mयुल स्टेशन्समा शक्ति बढाउन सक्षम हुनेछन् ।

खेल खेलेको समयमा लूट उपलब्ध गराएर यी नवीनतम फ्युल स्टेशनहरुले गेमिङ्ग अनुभवलाई अझ बढी रोमाञ्चक बनाइदिन्छन् । नेपाललगायत तोकिएका अन्तर्राष्ट्रिय बजारहरुमा प्रशँसकहरुले विशेष चिन्ह अंकित माउण्टेन ड्यू उत्पादनहरुको खरीदमा इन–गेम पुरस्कारहरु र रिवार्डहरु खोल्न पनि सक्नेछन् ।’

“एक भव्य तरिकाबाट पब्जी मोबाइलको सैन्य शक्तिसँग जोडिन पाउँदा र स्पोर्ट्स प्रशंसकहरुका साथ संलग्न हुन पाउँदा हामी अन्यन्त खुशी छौं”, पेप्सीकोका मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भने “यस किसिमको विश्वव्यापी सहकार्यले गेमिङ्ग खोजमा एक नयाँ अध्याय स्थापित गर्दै अद्वितीय क्रियाकलापहरुका साथ स्पोर्ट्स अनुरागीहरुको नयाँ पुस्तालाई सशक्त बनाउने हाम्रो प्रतिज्ञालाई गति प्रदान गर्छ ।”

“पब्जी मोबाइल र यसको स्पोर्ट्सले विश्वभर असाध्यै धेरै प्रशँसकहरुका साथ रेकर्डहरु तोडिरहेका छन् । माउण्टेन ड्यूसँगै मिलेर हामी जितको लागि खेलाडीहरुले कसरी इन्धन भर्छन् त्यो हेर्नलाई आतुर छौं” पब्जी मोबाइलका ग्लोबल स्पोर्ट्सका डाइरेक्टर जेम्स याङले भने, “माउण्टेन ड्यु र पब्जी मोबाइलमा नोडविन गेमिङ्गको सर्वाधिक ठूलो साझेदारहरुको स्क्वाड निर्माणमा सहयोग गर्ने यो अत्यन्त खुशीको कुरा हो ।”

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *