युरोकप फाइनलमा आज ईङ्ल्याण्ड र इटाली भिड्ने, कसले मार्ला बाजी ?

फुटबल युरो कप

काठमाडौं, असार २७ : १६ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागि इंग्ल्यान्ड र इटालीबीच आज राति प्रतिस्पर्धा हुँदैछ। यो खेल लन्डनस्थित वेम्बली रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजे सुरू हुनेछ।

सेमिफाइनलमा डेनमार्कलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो। इंग्ल्यान्ड ५२ वर्षपछि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको हो। त्यस्तै, स्पेनलाई ‘टाइब्रेकर’मा ४-२ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा फाइनल यात्रा तय भएको थियो।

इटालीले यसअघि सन् १९६८ मा घरेलु मैदानमै युरोकपको उपाधि जितेको थियो । त्यसयता सन् २००० र २०१२ को फाइनलमा पुगेको इटाली पराजित भएको थियो । फाइनलसम्म पुग्दा अपराजित रहेका दुवै टोली त्यसलाई कायम राख्दै उपाधि जित्ने दाउमा छन् । इंग्ल्यान्ड पहिलोपटक फाइनल पुगेपछि अहिले ‘फुटबल कमिङ होम’ भनेर इंग्लिस मिडिया र फ्यानमार्फत ठूलो चर्चा भइरहेको छ ।

इटाली सम्भावित ११ (४–३–३) : गियानलुईगी डोनारुम्मा, लियोनार्दो बुनुची, जर्जियो किएलीनी, जियोभानी डि लोरेन्जो, इमर्सन पाल्मिइरी, जर्जिन्हो, निकोलो बरेल्ला, मार्को भेराट्टी, फेडरिको चिसा, लोरेन्जो इन्सिग्ने, सिरो इम्मोबिले

इङ्गल्यान्ड सम्भावित ११ (४–२–३–१) : जोडर्न पिकफोर्ड, जोन्स स्टोन्स, ह्यारी म्याग्वायर, केल वाल्कर , लुक श, डेक्लान राईस, केल्भिन फिलिप्स, मेसन माउन्ट , रहिम स्ट्रलिङ, बुकाया साका, ह्यारी केन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0