इटाली भर्सेज इङ्ल्याण्ड ! ‘हेड टु हेड’मा इटालीसामु कमजोर इङ्ल्यान्ड

फुटबल युरो कप

काठमाडौं, असार २७ : १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज हुँदैछ । वेम्बली स्टेडियमा आज राति १२ बजेर ४५ मिनेटबाट सुरु हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्न लागेका हुन् ।

फाइनल प्रवेश गर्ने क्रममा इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो। रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

यता सेमिफाइनलको पहिलो खेलमा इटालीले तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो। इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो।

दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एकपटकको विजेता इटली नौ वर्षपछि फाइनल पुगेको हो भने इंग्ल्यान्ड पहिलोपटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्यान्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो । ११ देशका शहरमा एकसाथ आयोजना भएको युरोकपमा यसपटक दुवै आयोजक फाइनल पुगेका छन् ।

यी दुई टोली हालसम्म २७ खेलमा आमने–सामने भइसकेका छन्। जसमा इटाली ११ खेलमा विजयी भएको छ भने इङ्ल्यान्डले आठ खेल आफ्नो पक्षमा पारेको छ। आठ खेल बराबरीमा सकिएको छ। सन् २०१५ यता यी टोली दुई पटक मात्र खेलेका छन्। दुवै खेल १–१ गोलको बराबरीमा सकिएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0