इटाली बन्यो युराेकप च्याम्पियन

फुटबल युरो कप

काठमाडौं, असार २८ : घरेलु टोली इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै युरोकपको उपाधि इटालीले जितेको छ । सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो।

पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् । इङ्ल्यान्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस रासफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।

त्यसअघि खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो। खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए।​

इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । इंग्ल्यान्डमाथिको जितसँगै इटालीले ३४ खेलसम्म अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भंग गरेको थियो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0