रोनाल्डोले बने युरोकपको सर्वाधिक गोलकर्ता, जिते गोल्डेन बुड अवार्ड

फुटबल युरो कप

काठमाडौं, असार २८ : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड अर्थात गोल्डेन बुट जितेका छन् । युरो–२०२० मा रोनाल्डोले ४ वटा मात्रै खेल खेले पनि सर्वाधिक ५ गोल गर्दै अलिपे टप स्कोररको अवार्ड हात पारेका हुन् ।

रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए । रोनाल्डोले हंगेरीविरुद्ध २, जर्मनीविरुद्ध १ र फ्रान्सविरुद्ध २ गोल गरेका थिए ।

चेक गणतन्त्रका प्याट्रिक सिकले पनि उत्तिकै गोल गरेपनि उनी असिस्टमा पछि परे । यस्तै ४ गोल गरेका फ्रान्सका करिम बेन्जामा सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहे । रोनाल्डो युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । उनले कुल १४ गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
15
+1
0
+1
2
+1
2
+1
0
Tagged