युरोकपको उत्कृष्ट खेलाडी बने इटालीका गोलकिपर डोनारुम्मा

फुटबल युरो कप

काठमाडौं, असार २८ : इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा युरो कपको ‘प्लेअर अफ दी टुर्नामेन्ट’ घोषित भएका छन् । २२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो ।

इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ ले पराजित गरेको हो ।

सेमिफाइनलको खेलमा स्पेनसँगको पेनाल्टी सुट आउटमा पनि डोनारुम्माले राम्रो प्रदर्शन गरी टोलीलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । प्रतियोगितामा उनले तीन खेलमा कुनै गोल खाएनन् र समग्रमा चार गोलको अवसर मात्र दिए ।

डोनारुम्बा युरोकपमा उत्कृष्ट खेलाडी बन्ने पहिलो गोलकिपरसमेत बने । सन् १९९६ बाट युरोकपमा उत्कृष्ट खेलाडीको अवार्ड दिन सुरु गरिएको थियो । डोनारुम्बा युरोकपमा उत्कृष्ट खेलाडी बन्ने पहिलो गोलकिपरसमेत बने । सन् १९९६ बाट युरोकपमा उत्कृष्ट खेलाडीको अवार्ड दिन सुरु गरिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0