छैटौं पटक जोकोभिचले जिते विम्बल्डनको उपाधि, रोजर र नाडालको कीर्तिमान बराबरी

टेनिस

काठमाडौं : इटालीका माट्टेयो बेरेट्टिनीलाई हराउँदै विश्व नम्बर एक नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन्। यसक्रममा उनले सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमानका लागि रोजर फेडेरर र राफेल नाडालको बराबरी गरेका छन्।

१५ हजार दर्शकअगाडि अल इंग्ल्यान्ड क्लबमा भएको फाइनल खेलमा जोकोभिचले पहिलो सेट गुमाए पनि त्यसपछि पुनरागमन गर्दै लगातार तीन सेट जिते । उनले सातौं वरीयाताप्राप्त बेरेट्टिनीलाई ६–७(४/७), ६–४, ६–४, ६–३ को सेटमा हराएका हुन्।

यस उपलब्धिसँगै जोकिोभिच सर्वकालीन महान टेनिस खेलाडीको सूचीमा परेका छन्। जोकोभिचले ६ पल्ट विम्बल्डन जितेसँगै ९ पल्ट अस्ट्रेलियन ओपन, २ पल्ट फ्रेन्च ओपन र ३ पल्ट यूएस ओपन जितेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0