पेनाल्टीमा गोल गर्न नसक्दा गालीको बर्षा

फुटबल युरो कप

एजेन्सी। इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै युरोकपको उपाधि इटालीले जितेको छ । सोमबार विहान लन्डनस्थित वेम्बली स्टेडियममा निर्धारित तथा थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि उपाधिको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो।

टाईब्रेकरमा इंग्ल्याण्डका खेलाडीहरूले पाँचमध्ये तीन प्रहारमा गोल गर्न सकेनन् । मार्कस रासफोर्डले साइट बारमा प्रहार गरे । जाडोन सान्चो र बुकायो साकाको प्रहार इटालीका गोलरक्षक जियनलुइजी डोन्नारुम्माले रोकिदिए ।

हारी केन र हारी मागुइरेले मात्रै गोल गरे । गोलरक्षक जोर्डन पिकफोर्डले इटालीको दुई प्रहार रोकेर टोलीलाई जिततर्फ अग्रसर गराउने प्रयास गरेका थिए । यद्यपि, आफ्नै खेलाडी गोल गर्न चुकेपछि उनको प्रयास सफल भएन ।

इटालीसँग टाइब्रेकरमा गोल गर्न नसकेका खेलाडीमाथि रंगभेदी व्यवहार भएको छ। खेलाडीहरुमाथि अनलाइन माध्यमहरुमा रंगभेदी व्यवहार भएपछि इंग्ल्याण्डको फुटबल एसोसिएसन(एफए) ले त्यसको निन्दा गरेको छ।

मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साका गोल गर्न चुकेका थिए। गोल नगर्ने तीनै जना खेलाडी अश्वेत हुन्। एफएले सबै प्रकारका विभेदको कडा निन्दा गर्ने उल्लेख गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0