दक्षिण अफ्रिकाविरुद्धको वनडे सिरिज पाकिस्तान विजयी

क्रिकेट

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २–१ ले जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २० रन बनाएको थियो । उसका लागि फकहर जमानले १ सय १ र कप्तान बाबर अजामले ९४ रन बनाए ।

३ सय २१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ९२ रन मात्रै बनाउन सफल भयो । उसका लागि जेनिम्यान मालनले ७० र केल भेर्रीएनले ६२ रन बनाए ।

पाकिस्तानका सहिन अफ्रिदी र मोहम्मद नवाजले तीन–तीन विकेट लिए । पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो । पाकिस्तानले दक्षिण अफ्रिकामा दुई पटक एकदिवसीय सिरिज जितेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0