१४ औं साग पाकिस्तानमा हुने

अन्य खेल समाचार

एजेन्सी । १४औं संस्करण दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानको लाहोरमा दुई वर्षपछि हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको हिजो बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो ।

२५ नियमित र आयोजक राष्ट्रका हैसियतमा पाकिस्तानले आफ्नो अनुकुलको दुई खेल थप गरेर साग आयोजना गर्नेछ । प्रतियोतिामा मुख्य खेलहरु लाहोरमा हुनेछ । त्यसबाहेक फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि केही खेलहरु हुनेछन् । १३ औं साग सन् २०१९ मा नेपालमा आयोजना भएको थियो ।

प्रतियोगिता हुने तय भएसँगै अब नेपालले पनि तयारी सुरु गर्नेछ। नेपालले घरेलु भूमिमा दुई वर्षअघि आयोजना भएको १३औं सागमा ऐतिहासिक पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो। नेपालले ५१ स्वर्ण, ९६ रजत र ९७ कास्य गरी २०७ पदक जितेको थियो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0