अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउल एट्लेटिको मड्रिडमा अनुबन्धित

फुटबल

काठमाडौं, असार २९ : अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन्। उनी इटालियन क्लब युडिनेसेबाट ४२ मिलियन अमेरिकी डलरमा एट्लेटिकोमा आबद्ध भएका हुन्।

२७ वर्षीय रोड्रिगोले एट्लेटिकोसँग पाँच वर्षको सम्झौता गरेको क्लबले जनाएको छ। रोड्रिगो अर्जेन्टिनाका कोपा अमेरिका जित्ने टिमका महत्वपूर्ण सदस्य हुन्। २०१६ मा उडिनेसी आएका उनले क्लबका लागि १८४ खेलमा ३४ गोल र ३६ असिस्ट गरेका थिए।

एट्लेटिकोमा आबद्ध हुन पाउनु खुसीको क्षण भएको रोड्रिगोको भनाइ छ। ‘म धेरै खुसी भएको छ, म च्याम्पियनसँग आबद्ध भएको छु र आफ्नो जिम्मेवारीबारे सचेत छु,’ डि पाउलले भने।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *