पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप

क्रिकेट

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको एक दिवसिय क्रिकेट श्रृंखला क्लिन स्विप गरेको छ । मंगलबार तेस्रो खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेर वान डे सिरिज क्लिन स्विप गरेको हो ।

बर्मीङ्घममा ३३२ रनको विशाल लक्ष्य इङ्ल्यान्डले २ ओभर बाँकि रहँदै ७ विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डका लागि जेम्स भिन्सले सर्वाधिक १०२ रनको योगदान दिए भने अल राउन्डर लुइस ग्रेगरीले ७७ रनको पारी खेलेका थिए। पाकिस्तानका हरिस रौफले ४ विकेट लिए । शादब खानले २ र हसन अलीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३१ रन बनाएको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले १५८ रनको उत्कृष्ट पारी खेलेका थिए । वान डे क्रिकेटमा आजमको यो व्यक्तिगत उच्च स्कोर हो । त्यसैगरी मोहम्मद रिजवानले ७४ र इमाम उल हकले ५६ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका ब्रेडन कार्सेले ५ तथा सकिब मोहमुदले ३ विकेट लिए । अब इंग्ल्यान्ड र पाकिस्तानबीच भोलिबाट तीन खेलको ट्वेन्टी ट्वेन्टी श्रृंखला हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0