युरोकपको ‘टिम अफ द टुर्नामन्ट’मा रोनाल्डो अटाएनन्, को को परे ?

फुटबल युरो कप

काठमाडौं : युईएफएले १६ औं संस्करणको युरोकप फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ। युईएफएले मंगलबार प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा ‘टिम अफ द टुर्नामन्ट’ सार्वजनिक गरेको हो।

प्रतियोगिताको टिममा उपाधि जितेको इटालीका ५ खेलाडी परेका छन् । जसमा इटालीबाट गोल किपर गियानलुइगी डोनारुमा डिफेन्डर लिओनार्दो स्पिनाजोला र लिओनार्दो बोनुची, मिडफिल्डर जोर्जिन्हो तथा फरवार्ड फेडेरिको चेइसा रहेका छन् ।

यस्तै इंग्ल्याण्डबाट डिफेण्डर ह्यारी मग्वायर र केल वाल्कर तथा फरवार्ड रहिम स्टर्लिङ छन् । यसैगरी डेनमार्कबाट मिडफिल्डर पिएरे एमरिक होजवर्ग, स्पेनबाट मिडफिल्डर पेड्री तथा बेल्जियमबाट फरवार्ड रोमेलु लुकाकु छन् ।

युईएफएले सार्वजनिक गरेको ‘टिम अफ द टुर्नामेन्ट’मा युरोकपका गोल्डेन बुट विजेता पोर्चुगिज क्रिस्टियानो रोनाल्डो भने अटाउन सकेनन् । उनको टिम पोर्चुगल अन्तिम १६ भन्दा माथि नपुगेपनि रोनाल्डोको प्रदर्शन भने उत्कृष्ट थियो । उनले प्रतियोगितमा ५ गोल र एक असिस्ट गरेका थिए।

यस्तै धेरै गोलको सुचिमा दोस्रो स्थानमा रहेका इङल्याण्डका ह्यारी केन, फाइनलसम्म नै उत्कृष्ट प्रदर्शन गरेर इटालीलाई उपाधि दिलाएका डिफेन्डर कप्तान जिओर्जिनो चिएलेनीले युरोकपको प्रतियोगिताको टिममा स्थान बनाउन सकेका छैनन् ।

यी हुन् टिममा परेका खेलाडी

गोलकिपर – जियानलुइजी डोनारुम्मा
डिफेन्डर – केली वाल्कर, लियोनार्दो बुनिची, ह्यारी मग्वाएर, लियोनार्दो स्पिनाजोला
मिडफिल्डर – पिएरे इमिल होजवर्ग, जोर्गिन्हो, पेड्री
फरवार्ड – फेडेरिको किएजा, रोमेलु लुकाकु, रहिम स्ट्रर्लिङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *