राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए, ३६ खेलाडी छनौट

फुटबल

काठमाडाैं । राष्ट्रिय फुटबल टोलीको तयारीका लागि बन्द प्रशिक्षणबाट १४ जना खेलाडी निकालिएका छन्। प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा ३६ खेलाडीलाई स्थान दिएका छन् भने १४ खेलाडीलाई छनोट गरेका छैनन्।

प्रशिक्षणबाट बाहिरिने खेलाडीहरुमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, दोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदम्बे, शिशिर लेखी र सुदिल राई छन् ।

गोलकिपर विशाल नेपालले पछिल्लो पटक कुवेतमा विश्वकप छनोटका खेल खेल्दा टिममा थिए । पहिलो पटक टिममा परेका उनले डेब्यु गर्न भने बाँकी छ । यस्तै दर्शन गुरुङ, मिक्छेन तामाङ, निशान खड्का, रवि पासवान र सेसेहाङ आङदम्बेले पनि नेपालका लागि खेलिसकेका छन् ।

आगामी सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप र अर्को वर्ष हुने एसियन कपको अन्तिम चरणको छनोटका लागि नेपालले अहिले प्रशिक्षण गरिरहेको छ । अब बन्द प्रशिक्षणमा ३६ खेलाडी रहनेछन्।

नेपाली टिम : अपर्ण कार्की (गोलकिपर), विकेश कुथु (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), दीप कार्की (गोलकिपर), किरणकुमार लिम्बु (गोलकिपर), आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
1
+1
0
+1
1
+1
0
+1
5

Leave a Reply

Your email address will not be published. Required fields are marked *