मेसि थप ५ बर्ष बार्सिलोनामै रहने

फुटबल

एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेस्सी अर्को पाँच वर्ष क्याटलान क्लबमै रहने भएका छन्। ६ पटकका बालोन डी‘अर अवार्ड विजेता मेस्सीको गत जुन ३० मा बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो।

तथापि क्याटलानको स्थानीय सञ्चारमाध्यमले ३४ वर्षे मेस्सी बार्सिलोनामै बस्न सहमत भएको जनाएको छ। बार्सिलोना वित्तीय संकटमा रहेका कारण मेस्सी ५० प्रतिशत तलब कटौती गर्न सहमत भएको जनाइएको छ।

३४ वर्षीय मेस्सी १३ वर्षको उमेरदेखि बार्सिलोनामा छन्। गत वर्ष नै बार्सिलोना छाड्ने मनस्थितीमा देखिएका मेस्सी क्लबले बाटो नखोलिदिएपछि स्पेनिस क्लबमै रहेका थिए। उनलाई म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मन-पीएसजीलगायत क्लब आबद्ध गर्न तयार रहेको समाचार बाहिर आएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0