आधा घट्यो मेसिको पारिश्रमिक

फुटबल

काठमाडौं : अर्जेन्टिनी स्ट्राइकर लिओनल मेस्सी ५० प्रतिशतले तलब कटौती गरेर स्पेनिस क्लब बार्सिलोनामा बस्न तयार भएका छन् । मेसी र बार्सिलोनाबीच २०२६ सम्मका लागि सम्झौता गर्न सहमति भएको युरोपियन मिडियाहरूले दाबी गरेका छन् ।

नयाँ सम्झौता अनुसार मेस्सीको तलबमा ५० प्रतिशतले कटौती हुनेछ । तर त्यसका बाबजुद पनि मेस्सीले ५ वर्षको सम्झौता गर्ने रिपोर्टको दाबी छ । जुन ३० मा मेस्सीको करार सकिएसँगै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा मेस्सीसँग पुन: करार गर्ने प्रयासमा थिए। एक क्याटलान पत्रिकाका अनुसार बुधवार दुई पक्षबिच सहमति भएको थियो र केही दिनमा नै यसको घोषणा हुनेछ।

मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन्। उनी कोपा अमेरिकाअघि छुट्टी मनाउनका लागि जाँदा एइबारविरुद्धको खेल गुमाएका थिए। हालै अर्जेन्टिनालाई कोपा अमेरिका जिताउँदै करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी हाल छुट्टीमा छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0