कतारमा साम्बाको सफल शल्यक्रिया

फुटबल

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ। सावित्राको कतारस्थित अस्पेटर अस्पतालमा शल्यक्रिया गरिएको हो। सावित्राले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी छन् ।

सावित्राले राष्ट्रिय महिला लिग खेल्दा दायाँ घुँडामा गम्भिर चोट बोकेकी थिइन् । उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट लागेको थियो ।

राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता साम्बाले १० खेलमा ४३ गोल गरेकी थिइन् । उनी लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् । एन्फाले कतारमा उनको उपचारको प्रबन्ध अस्पेटार अस्पतालमा मिलाएको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *