नेपाली खेलाडीलाई अमेरिकामा दुईवटा स्वर्ण

अन्य खेल

काठमाडौं : नेपाली खेलाडी उत्सव सिंहले अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा एकैसाथ दुईवटा स्वर्ण पदक प्राप्त गरेका छन् । अमेरिकाको टेक्सस राज्यको उलेन सहरमा प्रोफेसनल न्याचुरल बडी विल्डिङ एसोसिएसनले आयोजना गरेको मिष्टर तथा मिस युएसए प्रतियोगितामा सहभागी सिंहले एकसाथ दुईवटा स्वर्णपदक प्राप्त गरेका हुन् ।

उनले पुरुषतर्फको फिजिक क्याटागोरी र नोभिस क्याटागोरी दुवैमा स्वर्णपदक प्राप्त गरेका हुन् । अमेरिकामा सम्भवतः नेपाली शारीरिक सुगठन खेलाडीले प्राप्त गरेको यो स्वर्णपदक पहिलो हो । यो उपलब्धि सँगसँगै अब उनी व्यावसायिक खेल खेल्नका लागि योग्य पनि भएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0