प्याट्रिक सिकको यो गोल युरो कपको सर्वोत्कृट ( हेर्नुस भिडियो )

फुटबल

काठमाडौं : चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकको गोल युरो कप २०२० को सर्वोत्कृष्ट बनेको छ । युरोपियन फुटबल महासङ्घ (युइएफए) भोटिङमार्फ सिकको स्कटल्यान्डविरुद्धको गोल सर्वोत्कृष्ट बनेको जनाएको हो ।

२५ वर्षीय शिकले युरो कपमा समूह चरणको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध ५० मिटर टाढाबाट लङ रेन्जमार्फत सनसनीपूर्ण गोल गरेका थिए। सो खेलमा चेकले स्कटल्यान्डलाई २-० गोलले पराजित गरेको थियो।

शिकले पाँच गोल गर्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई गोल्डेन बुट अवार्डमा टक्कर दिएका थिए । तर असिस्टमा पछाडि रहेका उनी गोल्डेन बुट जित्नबाट चुके । उनले बेस्ट गोलमा भने आफ्ना आइडल रोनाल्डोलाई उछिनेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
0
+1
2
Tagged