नेदरल्यान्ड्सका स्ट्राइकर आर्जेन रोबिनले लिए सन्यास

फुटबल

काठमाडौं : नेदरल्यान्ड्सका स्ट्राइकर आर्जेन रोबिनले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ३७ वर्षे डच फरवार्ड रोबेनले बिहीबार आफ्नो बुट बिसाउने घोषणा गरेका हुन् । विहिबार एक विज्ञप्ति जारी गर्दै रोबेनले आफ्नो २१ बर्षिय फुटबल यात्रालाई टुंगाएको जानकारी दिएका छन् ।

चेल्सी र रियल मड्रिडका पूर्व–खेलाडीसमेत रहेका उनले जुलाई २०१९ मा खेल जीवनबाट सन्यास लिएका थिए । चेल्सी र रियल मड्रिडका पूर्व–खेलाडीसमेत रहेका उनले जुलाई २०१९ मा खेल जीवनबाट सन्यास लिएका थिए ।

तर २०२० जुलाईमा उनी पुनः सन्यास फिर्ता लिँदै व्यवसायिक फुटबलमा फर्किएका थिए । त्यसपछि घरेलु क्लब ग्रोनिनजेनबाट खेलेका उनले गत सिजन सात खेल मात्र खेले ।

विश्वकप २०१८ मा नेदरल्यान्ड्सलाई छनोट गराउन असफल भएपछि रोबेनले राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका थिए । रोबेनले २०१० को विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Tagged