ओलम्पिकमा सहभागि हुन सोनिया र कल्पना आज जापान प्रस्थान गर्दै

अन्य खेल टोकियो ओलम्पिक

काठमाडौं : जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार टोकियो ओलम्पिकमा सहभागि हुन आज जापान प्रस्थान गर्दैछन् । त्यस्तै जुडोका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र शुटिङका प्रशिक्षक असिम यादव पनि आजै जापान प्रस्थान गर्दैछन्।

आज टोकियो जाने टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले गर्दै छन् । सिलवाल टोकियो ओलम्पिकको लागि नेपाली प्रतिनिधिमण्डलको ‘सेफ द मिसन’ हुन ।

आज कुल १० जनाको टोली टोकियो उड्नेछ । यसैगरी आगामि सोमवार नेपाल ओलम्पिक कमिटि (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली जापान जाने छ ।

सिलवालको नेतृत्वमा आज जापान जाने पदाधिकारी

चतुरानन्द राजवैध: उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी
सुनिलकुमार श्रेष्ठ: उपाध्यक्ष, एनओसी
कुमारी तुलसी थापा: सचिव, एनओसी
प्रकाश शमशेर राणा: सदस्य, एनओसी
नविशमान सिंह प्रधान: मेडिकल पर्सन

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0