नेपालले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

भलिबल

काठमाडौं, साउन १ : नेपाली महिला टिमले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ। कोरोना महामारीको कारण नेपाललाई प्रतियोगितामा समावेश नगरिएको नेपाल भलिबल संघले जनाएको छ। कोभिड–१९ का कारण आयोजकले नेपाल, भारतलगायतका देशलाई ‘रेड जोन’मा राखेको थियो।

एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन । यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । सार्वजनिक खेल तालिकाको समूह ‘ए’ मा आयोजक फिलिपिन्स, कजकास्तान, उज्बेकिस्तान र चाइनिज ताइपेइ छन्। समूह ‘बी’ मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अष्ट्रेलिया छन्।

नेपालले यस प्रतियोगिताका लागि लामो तयारी सुरु गरेको थियो । यद्यपी, प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि अहिले भलिबल संघले बन्द प्रशिक्षण स्थगित गरेको छ । पहिलो पटक एसियन च्याम्पियनसिप खेल्न खेलाडीदेखि संघ सबै उत्साहित थिए । तर अन्तिम समयमा नेपालको नाम हटेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
3