टी-२० विश्‍वकपमा भारत र पाकिस्तान एकै समूहमा

क्रिकेट

काठमाडौं : आगामी अक्टोबर-नोभेम्बरमा यूएई र ओमानमा आयोजना हुने टी-२० विश्वकपमा भारत र पाकिस्तान सुपर-१२ मा भिड्ने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार पहिलो चरण र सुपर १२ को समूह आइसिसीले सार्वजनिक गरेको छ । जसमा दुई देश पाकिस्तान र भारत एउटै समूहमा परेका छन् । समूह विभाजन २० मार्च २०२१ सम्मको टी-२० वरीयताको आधारमा गरिएको हो।

सुपर-१२ को समूह एमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका तथा पहिलो चरणको समूह एको विजेता र समूह बीको उपविजेता रहने छन्। यसैगरि समूह बीमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान तथा पहिलो चरणको समूह एको उपविजेता र समूह बीको विजेता रहने छन्।

पहिलो चरणको समूह ए मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह बी मा बंगलादेश, स्कटल्यान्ड, ओमान र पपुवा न्युगिनी छन् । हरेक समूहका शीर्ष दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । प्रतियोगिताका खेल दुबई अन्तर्राष्ट्रिय रंगशाला, अबुधावीको शेख जायेद रंगशाला, शारजाह रंगशाला र ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछन्।

पहिलो चरण

समूह ‘ए’ : श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया
समूह ‘बी’ : बंगलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान

सुपर १२

समूह १ : इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, समूह ‘ए’ विजेता, समूह ‘बी’ उपविजेता
समूह २ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ उपविजेता, समूह ‘बी’ विजेता

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0