पहिलो टी-२० मा इंग्ल्याण्डमाथि पाकिस्तानको शानदार जित

क्रिकेट

काठमाडौं, साउन २ : इंग्ल्याण्डविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानले जित निकालेको छ। गएराति सम्पन्‍न खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ३१ रनले हराएको हो ।

पाकिस्तानले दिएको २३३ रनको बलियो लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लियाम लिभिङस्टोनले १०३ रन बनाए पनि टिमलाई जिताउन सकेनन्। जेसन रोयले ३२ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

यसअघि नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले कप्तान बाबर आजम र मोहम्मद रिजवानको उत्कृष्ट प्रदर्शनको मद्दतले निर्धारित २० ओेभरमा ६ विकेट गुमाउँदै २३२ रनको बलियो योगफल तयार पारेको थियो । कप्तान बाबर आजमले ८५ रन बनाउँदा मोहम्मद रिजवानले ६३ रन बनाए ।

त्यस्तै, फखार जमानले २६ तथा मोहम्मद हाफीजले २४ रन बनाए । बलिङमा इङ्ल्यान्डका टम करनले दुई, डेविड विली, लईस ग्रेगोरी र शाकीब महमूदले एक/एक विकेट लिए । जितसँगै पाकिस्तानले सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल जुलाई १८ मा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0