आईपीएलको १४ औं संस्करण आजबाट सुरु, उद्घाटन खेलमा मुम्बई र बैंगलोर भिड्दै

क्रिकेट

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजबाट सुरु हुँदैछ । चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको खेलसँगै आईपीएलको नयाँ संस्करण सुरु हुनेछ । मुम्बई र बैंगलोर बीचको उद्घघाटन खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेट बाट सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बइ र विराट कोहलीको नेतृत्वमा रहेको बैङलोर बीचको खेलसँगै आइपिएलको सुरुवात हुनेछ । यी दुइ बीच अहिलेसम्म २७ पटक प्रतिस्पर्धा हँुदा १७ खेलमा मुम्बइ र दश खेल बैङलोरले जितेको छ । मुम्बइ आइपिएलको सर्वाधिक सफल ५ पटकको विजेता हो ।

बैङलोरले अहिलेसम्म उपाधी जित्न सकेकाने छैन । आइपिएलमा मुम्बइ र बैङलोर सहित कोलकत्ता नाइट राइडर्स, चेन्नइ सुपर किङस, पंजाब किंस, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ ।

यो सिजनका खेलहरु अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, मुम्बई र कोलकता गरी ६ स्थानमा हुनेछन्। विश्वकै ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी रंगशाला अहमदाबादमा प्लेअफका खेलका साथै फाइनल खेल हुनेछ। फाइनल खेल ३० मे मा हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0