आयरल्याण्डका सिमी सिंहले बनाए बिश्व किर्तिमान

क्रिकेट

काठमाडौं, साउन २ : दक्षिण अफ्रिका विरूद्ध शुक्रबार एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा शतक प्रहार गरेका अलराउन्डर सिमी सिंहले विश्व कीर्तिमान बनाएका छन्।

आठौं नम्बरमा ब्याटिङ गर्दै उनले शतक बनाएर विश्व कीर्तिमान कायम गरेका हुन्। यसअघि वानडे क्रिकेटमा कुनै पनि ब्याट्सम्यानले आठौं नम्बरमा आएर ब्याटिङ गर्दै शतक बनाएका थिएनन् ।

शुक्रबार राति भएको खेलमा ९१ बलको सामना गर्दै १४ चौकाको मद्दतले १०० रनको अविजित पारी खेले । योसँगै सिमी एक दिवसीय क्रिकेटमा आठौँ नम्बरमा आएर शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले इंग्ल्यान्डका साम करन र क्रिस वोक्सको कीर्तिमान भंग गरेका हुन् ।

वोक्सले सन् २०१६ मा श्रीलंकाविरुद्ध र करनले यही वर्षको मार्चमा भारतसँगको खेलमा अविजित ९५ रन बनाएका थिए। उनीहरूको कीर्तिमान सिमीले तोडेका छन्।

डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ३ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
Tagged