ग्यारेथ बेलको भविष्य कता ?

फुटबल

एजेन्सी। कुनै समयका विश्वकै महंगा खेलाडी ग्यारेथ बेल अब कहाँ जान्छन् ? ३१ वर्षीय बेल कुनै समय रियल म्याड्रिडका नायक थिए । रियललाई चारपटक च्याम्पियन्स लिग जिताउन उनको भूमिका महत्त्वपूर्ण थियो । तर, यी सबै इतिहास भइसकेको छ ।

रियलले प्रतिसिजन ६० मिलियन युरो तलब दिइरहेको बेलसँगको रियलको सम्झौता ३० जुन २०२२ मा मात्रै समाप्त हुनेछ । बेललाई यति महंगो तलब खुवाउने रुची अन्य ठूला क्लबमा छैन, त्यहीकारण उनीहरुले यी खेलाडीमा चासो देखाएका छैनन् । जसकारण, बाध्य भएर रियलले अर्को एक वर्ष पनि बेललाई पाल्नुपर्ने अवस्था आउनसक्छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Tagged