इटालियन सिरी ‘ए’मा हरियो जर्सी लगाउन नपाईने

फुटबल

काठमाडौं : टेलिभिजन कम्पनिहरुको आग्रहमा इटालियन सिरी ‘ए’ फुटबलमा हरियो जर्सी लगाउन नपाईने भएको छ । सिरी ‘ए’ ले सन् २०२२÷२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ ।

यद्यपि, २०२१–२२ को सिजनमा भने हरियो जर्सी लगाउन पाइने बताइएको छ । सिरी ‘ए’ को नयाँ नियमसँगै मुख्यत सासोउलोले आफ्नो परम्परागत जर्सी लगाउन नपाउने भएको छ । सिरी ‘ए’मा सासोओलोले हरियो र कालो रङको जर्सी प्रयोग गर्दै आइरहेको छ ।

सिरी ‘ए’ फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरुको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताईएको छ । मैदान र खेलाडीको रङ्ग एकै हुँदा टेलिभिजन लाईभ हेर्ने दर्शकलाई समस्या हुने गरेको बताईएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0