इटाली र साउदीको २०३० को विश्वकप फुटबल आयोजनामा दाबी

फुटबल

एजेन्सी । सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन् । संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ ।

सन् २०३० को विश्वकप आयोजकको घोषणा फिफाले सन् २०२४ मा मात्रै गर्ने जनाएको छ । यसअघि स्पेन र पोर्चुगलले पनि २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेश गरिसकेका छन् । आउदो सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुने तय भइसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
2
+1
6
+1
1
+1
2
+1
0