रंगभेदी दुर्व्यवहार भएपछि जर्मनी फुटबल टिमले बीचमै मैदान छाड्याे

फुटबल

एजेन्सी। जर्मनीको ओलम्पिक पुरुष फुटबल टोलीले रंगभेदी दुर्व्यवहार भएको भन्दै खेल सकिन पाँच मिनेट बाँकी हुँदा बीचमै मैदान छाडेको छ।

होन्डुरसविरुद्धको मैत्रीपूर्ण खेलमा रक्षक २३ वर्षे जोर्डन टोरनारिघामाथि रंगभेदी दुर्व्यवहार भएका कारण नखेल्नुको विकल्प नभएको जर्मनीका प्रशिक्षक स्टेफन कुन्टजले बताए। जर्मन टिमले ८५ औँ मिनेटमा मैदान छाड्यो । जर्मनीका खेलाडीहरूले नखेल्ने निर्णय लिँदा खेल १–१ को अवस्थामा थियो ।

जर्मन फुटबल संघले टोरुनारिघामाथि रंगभेदी दुर्व्यवहार भएपछि आफ्नो टिमले मैदान छाडेको प्रष्ट पारेको छ । होन्डुरसले गलत बुझाई भएको ट्विटमार्फत जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *