भारत र श्रीलंकाबिचको पहिलो एकदिवसीय आज

क्रिकेट

काठमाडौं : भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज कोलम्बोमा दिउँसो सवा ३ बजेपछि सुरु हुँदैछ । एकदिवसीय क्रिकेटको विश्‍व वरियतामा भारत चौथो स्थानमा छ भने श्रीलंका नवौं स्थानमा रहेको छ ।

भारतीय टोली हाल दुई समूहमा विभाजित छ । एक टोली इंग्ल्यान्डसँगको टेस्ट श्रृंखलाको लागि उतै छ भने अर्को टोली सिमित ओभरको श्रृंखलाका लागि श्रीलंका पुगेको छ । श्रीलंका भ्रमणमा रहेको टोलीको कप्तानी शिखर धवनले गर्दैछन् । नियमित कप्तान विराट कोहलीको टिम भने इंगल्यान्ड भ्रमणमा रहेको छ ।

भारतको सम्भावित प्लेइङ–११

शिखर धवन (कप्तान), पृथ्वी शा, सूर्यकुमार यादव, मनीष पाण्डे, सञ्जु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, भुवनेश्वर कुमार, दीपक चहर, नवदीप सैनी र युजवेन्द्र चहल।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0