फ्रेन्च फरवार्ड ओलिभर जिरुड एसी मिलानमा अनुबन्धित

फुटबल

काठमाडौँ : फ्रेन्च फरवार्ड ओलिभर जिरुड इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । मिलानले ३४ वर्षीय भेट्रान फरवार्ड जिरुडलाई इंग्लिस क्लब चेल्सीबाट स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । उनको अनुबन्धन मूल्य भने खुलाइएको छैन ।

तीन वर्ष चेल्सीमा रहेका उनले एफए कप, युरोपा लिग तथा च्याम्पियन्स लिगको उपाधि जिते । सन् २०१८ को जनवरीमा उनी आर्सनलबाट १८ मिलायन पाउण्डमा चेल्सी आएका थिए । उनले चेल्सीबाट ११९ खेलमा ३९ गोल गरे ।

उनी गत साता सम्पन्‍न युरोकप फुटबलमा पनि फ्रान्सको टोलीका सदस्य थिए । यद्यपि उनले पहिलो रोजाईमा अवसर पाएनन् । फ्रान्सले २०१८ मा विश्वकप जित्दाका टोलीका सदस्य रहेका जिरुडले फ्रान्सबाट ११० खेलमा ४६ गोल गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged